FAQs Complain Problems

समाचार

ग्यालरी

सिरीजङ्घा गाउँपालिकाको ५०% साझेदारी तथा संघीय सरकारको ५०% समपुरक अनुदानबाट निर्मित सिरीजङ्घा गाउँपालिका र सिदिङ्वा गाउँपालिका जोड्ने बाँकेटार स्थित तावाखोला मोटरेबल पुलको समुद्घाटन कार्यक्रम यहि मिति: २०८०/०२/१३गते गाउँपालिकाका अध्यक्ष श्री लालकृष्ण चौहानबाट सुसम्पन्न भयो। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष डा चित्रकुमार लिम्बू र गाउँपालिकाका निवर्तमान अध्यक्ष टीकाराम गुरुङज्युको समेत उपस्थिती रहेको थियो। पुलको निर्माणस्थल सिरीजङ्घा गाउँपालिकाको वडा नं ७ र सिदिङ्वा गाउँपालिकाको वडा नं ७ जोड्ने बाँकेटार स्थित तावाखोलामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । आयोजनाको कुल लागत रकम रु ५,९१,०६,९३७.

मिति: 04/08/2024 - 11:10
, , , , , , , , , ,

सिरीजङ्घा गाउँपालिकाको प्रथम पञ्चवर्षिय योजनाको कार्यशाला गोष्ठि मिति २०८०/०२/१६ गते सिरीजङ्घा गाउँपालिकाको हलमा सम्पन्न भएको छ। " स्वच्छ, समृद्ध र पर्यटकीय कञ्चनजङ्घा, सभ्य, सुखी र प्रगतीशील सिरीजङ्घा" भन्ने दिर्घकालिन सोचका साथ यस गाउँपालिकाले आवधिक योजना तर्जुमा गर्न लागेको हो। प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, झापाको वित्तीय सहयोगमा निर्माण हुन लागेको आवधिक योजनाले स्थानीय आवश्यकतालाइ मध्यनजर गरेर भावी कार्यदिशा तय गरेको छ।

मिति: 04/08/2024 - 10:58
, , , , , , , ,

सिरीजङ्घा गाउँपालिका वडा नं. ४ तेल्लोकको वडा कार्यालय भवनको समुद्घाटन कार्यक्रम यहि मिति: २०८०/०२/१७ गते गाउँपालिकाका अध्यक्ष श्री लालकृष्ण चौहानबाट सुसम्पन्न भयो। आयोजनाको कुल लागत ९५,०९,८५३.९०(भ्याट तथा पि.एस सहित) रहेकोमा निर्माण व्यवसायी धुलीखेल/आले जे.भी. फिदिमले ७१,९८,३५०.८०(भ्याट तथा पि.एस सहित) मा कवोल गरी उक्त आयोजना सम्पन्न गरेको छ।

मिति: 04/08/2024 - 10:56
, , , , , , , , , , , , ,

वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक तथा सामाजिक जागरण ल्याउने उद्धेश्यले संयुक्त राष्ट्रसंघको आहावनमा सन १९७३ देखि विभिन्न कार्यक्रम गरी जुन ५ मा विश्व वातावरण दिवस मनाउदै आईरहेको सन्दर्भमा आज मिति २०८०।०२।२२ गते "प्लाष्टिक जन्य प्रदुषण निर्मुल पारौः वातावरण मैत्री विकल्पको उपयोग गरौ " भन्ने मुल नाराका साथ सिरीजङ्घा गाउँपालिका, तेल्लोक स्पोर्टिङ क्लब , ईलाका प्रहरी कार्यालय र तेल्लोक मा.वि.को संयुक्त आयोजनामा सिरीजङ्घा गाउँपालिकाका विभिन्न क्षेत्र भित्र वृक्षारोपण, सरसफाई, डस्टबिन वितरण तथा जनचेतना मुलक कार्यक्रम आयोजना गरी मनाईयो ।

मिति: 04/08/2024 - 10:53
, , , , , , , , , , , ,

मिति २०८०।०२।३१ र ३२ गते सिरीजङ्घा गाउँपालिकाको आयोजनामा भएको अन्तरपालिका/अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ तथा वकतृत्वकला प्रतियोगिता साथै २०७८ को एस.इ.इ. परीक्षा र कक्षा ८ को परीक्षामा उत्कृष्ट जि.पि.ए.

मिति: 04/08/2024 - 10:46
, , , , , , , , , , , , , , , , , , ,

बिदाई, स्वागत तथा पदभार ग्रहण कार्यक्रमका झलकहरु।

मिति: 04/08/2024 - 10:41
, , , , , , , , , , , , , ,

सिरीजङ्घा गाउँपालिकाको केन्द्र तेल्लोक स्थित रहेको श्री तेल्लोक माध्यमिक विद्यालयको लागी नयाँ बहुतले भवनको आज मिति २०८०।०८।११ गते यस गाउँपालिकाका अध्यक्ष श्री लालकृष्ण चौहान,वडा नं ४ का वडा अध्यक्ष श्री रुपदाश भट्टराई,तेल्लोक मा.बि.का प्रधानाध्यापक,वि.व्या.स.

मिति: 04/08/2024 - 10:27
, , , ,

Pages